कतारमार्फत विपिन जोशीको उद्धारका लागि सरकारले पहल गर्नुपर्छः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि कतार सरकारमार्फत पहल गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा महामन्त्री शर्माले सरकारलाई जोशीको उद्धारका लागि पहल गर्न आग्रह गरेका हुन् । उनले भने, ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । र, कतार सरकारमार्फत पहल गर्दा उनको उद्धार गर्न सकिने कुरा आएको छ । यसका लागि गम्भीर पहल गर्न सरकारलाई आग्रह गर्दछु ।’

बैठकमा महामन्त्री शर्माले काँकडभिट्टा नाका नखुल्दा पर्यटन आवागमन ठप्प भएको भन्दै नाका खुलाउने विषयमा समेत पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *