नेपालको लगातार दुई विकेट पतन

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसियाली क्षेत्र छनोट अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले  लगातार सोमपाल कामी र कुशल भुर्तेललाई गुमाएको हो।

सोमपाल ९ बलमा एक छक्का र एक चौकाको मद्दतमा १२ रन बनाउँदै आउट भएका हुन् । यस्तै कुशलले १८ बलमा ३ छक्का र एक चौकाको मद्दतमा २६ रन बनाए । जीतको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ६ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ४३ रन बनाएको छ । हाल कुशल मल्ल सुन्य र रोहित पौडेल ३  रन बनाउँदै क्रिजमा छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । ओमानको लागि कप्तान जेशन मक्सोदलव सर्वाधिक ३२ रन बनाउँदा  नशाम खुशीले २५, प्रतिक अथाभेलले २४, शकल अहमदले २२ र आयान खानले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि करण केसीले ४ ओभरमा ४३ रन दिएर तीन विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिए । गुलसन झा र अविनाश बोहोराको नाममा एक-एक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *