ओमानद्वारा नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसियाली क्षेत्र छनोट अन्तर्गत जारी खेलमा ओमनले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा ओमानले नेपाललाई जीतको लागि १ सय ४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । ओमानको लागि कप्तान जेशन मक्सोदलव सर्वाधिक ३२ रन बनाउँदा  नशाम खुशीले २५, प्रतिक अथाभेलले २४, शकल अहमदले २२ र आयान खानले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि करण केसीले ४ ओभरमा ४३ रन दिएर तीन विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिए । गुलसन झा र अविनाश बोहोराको नाममा एक-एक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *