संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

आज बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ । त्यस्तै बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *