नेपालको शानदार शुरुवात, पावर प्लेमै ओमानको चार विकेट पतन

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले शानदार शुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो पावर प्लेमै चार विकेट लिँदै ओमानलाई दबाबमा राखेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ताजा अवस्थामा ६ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा ४३ रन बनाएको छ । ओमानको लागि कप्तान जेशन कक्सोद दुई रन आयान खान ४ रन बनाउँदै क्रिजमा छन् ।

नेपालको लागि सोमपाल कामीले दुई विकेट लिंदा गुलसन झा र करण केसीले समान एक-एक विकेट लिएका छन् ।

नेपालको प्लेइङ ११ :आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *