इजरायलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाउने जोर्डनको निर्णय

संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै त्यसको भत्र्सना गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले वक्तव्यजारी गर्दै यो गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती भएको बताएका छन् । यसैबीच, अक्टोबर ७ मा भएको आक्रमणको विरोधमा इजरायलले गाजाका हमास शासकविरुद्ध लिएको कदमको विरोधमा जोर्डनले आफ्नो राजदूतलाई ‘तत्काल’ फिर्ता बोलाउने बताएको छ ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । विदेश मन्त्रालयले गाजामा निर्दोष मानिसको ज्यान लिने इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *