नेपाल टस जितेर पहिले फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत ओमानविरुद्ध हुने खेलमा घरेलु टोली नेपालले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन ।  मलेसियाविरुद्ध उत्रेको टोलीलाई नेपालले आजपनि निरन्तरता दिएको छ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । नेपाल र ओमान आज समूह ‘ए’को विजेता बन्न खेल्दैछन् । यसअघिनै सेमिफाइनल पुगिसकेका नेपाल र ओमानमध्ये आजको खेल जित्ने टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछन् । यसअघि समूहको खेलमा दुवै टोलीले मलेसिया र सिंगापुरलाई हराएका थिए ।

पछिल्लो समय ओमान उत्कृष्ट लयमा रहेको छ । ओमानले आफ्नो पछिल्लो ५ खेलमा सतप्रतिशत जीत निकालेको छ । दुई टोलीबीच भएको पछिल्लो ४ खेलमा ओमानले एक खेल जित्दा नेपालले तीन खेल आफ्नो पक्षमा पारेको थियो ।

नेपालको प्लेइङ ११ : आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *