समूह विजेता बन्न नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट-२०२३ अन्तर्गत आज हुने खेलमा नेपाल र ओमान भिड्दै छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । नेपाल र ओमान आज समूह ‘ए’को विजेता बन्न खेल्दैछन् । यसअघिनै सेमिफाइनल पुगिसकेका नेपाल र ओमानमध्ये आजको खेल जित्ने टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछन् । यसअघि समूहको खेलमा दुवै टोलीले मलेसिया र सिंगापुरलाई हराएका थिए ।

पछिल्लो समय ओमान उत्कृष्ट लयमा रहेको छ । ओमानले आफ्नो पछिल्लो ५ खेलमा सतप्रतिशत जीत निकालेको छ । दुई टोलीबीच भएको पछिल्लो ४ खेलमा ओमानले एक खेल जित्दा नेपालले तीन खेल आफ्नो पक्षमा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *