रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्चले आज निर्णय सुनाउँदै

काठमाडौं । रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज निर्णय सुनाउँदै छ । बुधबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुवैको बहस तथा निवेदकको जवाफ बहस सकिएपछि आज अदालतले निर्णय सुनाउन लागेको हो ।

बहस सकिए पनि न्यायाधीशहरूको बिहीबार निर्णय सुनाउने आदेश दिएका छन् । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा तीनै तहका अदालतले रिगललाई जन्मकैदको सजाय गरेको भएपनि संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । सोही निर्णय बदर गरी रिगललाई पुनः जेल पठाउनुपर्ने माग गर्दै चेतनकी पत्नी भारतीले रिट दायर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *