माछापुच्छ्रे गाउँपालिकालाई ट्रेकिङ रुट शुल्क नलिन टानको आग्रह

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले ट्रेकिङ रुटमा जाने पर्यटकलाई शुल्क तोकेपछि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

गाउँपालिकाको सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै शुल्क नउठाउन टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले विज्ञप्ती जारी गरेका थिए ।

गाउँपालिकाले ट्रेकिङ रुटमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि शुल्क लिने निर्णय गरेको थियो । पालिभित्रका ट्रेकिङ रुटमा आउने विदेशी पर्यटकलाई ५ सय र नेपाली पर्यटकले १ सय रुपैयाँ तिर्नुपर्ने जारी गरेको छ ।

सरकारले गत १ अप्रिलबाट लागु गरी सञ्चालनमा रहेको संशोधित पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्यान्वयन चरणमा रहेकाले गाउँपालिकाको निर्णयले पर्यटकलाई दोहोरो मार पर्ने टानको भनाइ छ ।

टिम्सबाट उठेको रकमको केही भाग सम्बन्धित गाउँपालिकालाई पनि दिने भएकाले शुल्क नउठाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *