घटना अन्यत्र मोड्न प्रहरीले मृतकको चरित्रहत्या गरेको परिवारको गुनासो

काठमाडौं । गत सोमबार हत्या गरिएका बाराको कलैयास्थित बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफको परिवारले घटनाको अनुसन्धानबारे प्रश्न उठाएको छ ।

परिवारका एक सदस्य सुमोदकुमार सर्राफले बुधवार साँझ विज्ञप्ति जारी गरी घटनालाई अन्यत्र मोड्न प्रहरीले मृतकको चरित्रहत्या गरेको आरोप लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी प्रेमका कारण रुपेशको हत्या भएको जनाएको थियो । मुख्य योजनाकार रुपेश प्रिन्सिपल रहेकै विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल २२ वर्षीय राधा गुप्ता रहेको बताएको थियो ।

राधाको रुपेशसँगै भारतीय नागरिक मनोज गुप्तासँग पनि प्रेम सम्बन्ध रहको र यही कारण नै हत्याको कारण रहेको प्रहरीको दाबी थियो । सोमबार दिउँसो २ वटा मोटरसाइकलमा आएको समूहले रुपेशको गोली हानेर हत्या गरेको थियो ।

प्रहरीले भने राधासँगै उनका अर्का प्रेमी भारतीय नागरिक मनोजसहित ५ जना घटनामा संग्लग्न रहेको दाबी गर्दै बुधवार सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *