नेताज्यूहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन: मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मेयर्स फोरम बैठक बहिष्कार गरेर कसैको अपमान नगरेको बताएका छन् । बुधबार राति सामाजिक संजालमार्फत मेयर साहले १७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको र कसैको अपमान नगरेको बताएका हुन् ।

उनले भने,’१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन । नेताज्यूहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि, काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।’

मेयर साहले मंगलबार बुढानीलकण्ठ नगरपालिकाको पार्क भिलेज रिसोर्टमा आयोजित मेयर्स फोरमको बैठक बहिष्कार गरेका थिए । मेयर्स फोरमको अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बैठकमा एजेण्डा प्रस्तुत गर्न लागेका बेला आफू बोल्न पाउनुपर्ने भन्दै मेयर साहले बोल्न खोजेका थिए । तर बोल्न नपाएपछि बैठक बहिष्कार गरेर हिँडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *