सहरलाई दिगो विकास प्रवर्द्धनमा जोड दिन महासचिव गुटेर्रेसको आग्रह

संयुक्त राष्ट्रसङ्घ । विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मङ्गलबार दिगो विकास, आर्थिक वुद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

“विश्व सहर दिवस दिगो विकासमा सहरहरूको महत्वपूर्ण भूमिकामाथि विचार गर्ने समय हो”, सहर आर्थिक महाशक्ति मात्र नभएर विश्वव्यापी आवश्यकता पूरा गर्ने अग्रणी क्षेत्र पनि रहेको उल्लेख गर्दै उनले भने।

महासचिव गुटेर्रेसले सहरहरूले जलवायु परिवर्तनदेखि लिएर बढ्दो सामाजिक असमानता र राजनीतिक विभाजनजस्ता जटिल चुनौतीहरूको सामना गर्नुपरिरहेको बताए ।

हाल विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले पहिलादेखि नै सहरी जीवनलाई अपनाइसकेका छन् । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमको अनुमानअनुसार सन् २०५० सम्म करिब ७० प्रतिशत मानिस सहरमा बस्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *