अक्टोबरमा नेपाल भित्रिए एक लाख १७ हजार विदेशी पर्यटक

काठमाडौं । नेपालमा पछिल्लो समय विदेशी पर्यटक आगमन बढ्दै गएको छ । अक्टोबर महिनामा नेपालमा एक लाख १७ हजार जनाभन्दा बढी पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३ सय ६ जना पर्यटक आएका छन् । यो सङ्ख्या कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ को तुलनामा ६ प्रतिशतले धेरै हो । अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक आएका छन् ।

यस्तै अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ जना पर्यटक आएका छन् ।जनवरीदेखि अक्टोबरसम्म नेपालमा ८ लाख ९ हजार ६ सय ७८ जना पर्यटक नेपाल आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *