डब्लूएचओको दक्षिणपूर्वी एशिया निर्देशकमा बाङ्लादेशकी साइमा निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एशिया निर्देशकमा बाङ्लादेशकी साइमा वाजिद निर्वाचित भएकी छन् ।

भारतको नयाँदिल्लीमा भएको क्षेत्रीय सभाअन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा नेपालका डा. शम्भुप्रसाद आचार्यलाई पराजित गर्दै वाजित निर्वाचित भएकी हुन्।

निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए । वाजिदले आठ मत पाइन् भने उनका प्रतिस्पर्धी नेपालका आचार्यले दुई मत मात्र पाए स वाजिद विश्व स्वास्थ्य संगठनमा मानसिक रोग विज्ञको रुपमा कार्यरत छिन् । उनको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको महासभाले अनुमोदन गर्नेछ ।

क्षेत्रीय निर्देशकमा निर्वाचित वाजिदको कार्यक्षेत्र नेपाल सहित भारत, भूटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, बाङ्लादेश, इन्डोनेशिया, उत्तर कोरिया र टिमोर लिस्टे देश हुनेछ। उनी बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *