पाकिस्तानको तेस्रो जीत, बंगलादेश बाहिरियो

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले तेस्रो जीत निकाल्दा बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार दिउँसो भएको खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तानले दोस्रो चरणमा पुग्ने सम्भावना जीवित राखेको हो ।

जीतको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३२.३ ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । पाकिस्तानको लागि फखर जमानले सर्वाधिक ८१ रन बनाउँदा अब्दुल्लाह शाफिकीले ६८, मोहम्मद रिजवानले २६ र इफ्तिखार अहमेदले १७ रन बनाएका हुन् ।

बंगलादेशको लागि मेहिदी हसन मिराजले ९ ओभरमा ६० रन दिएर तीन विकेट लिए ।

यसअघि कलकतामा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको बंगलादेश ४५.१ ओभरमा अलआउट हुँदै २ सय ४ रनमा समेटिएको थियो । बंगलादेशको लागि मह्मुदुलाहले ५६, लिटन दाशले ४५, शकिब अल हसनले ४३ र मेहदी हसन मिराजले २५ रन बनाए ।

पाकिस्तानको लागि शाहिन शाह अफ्रिदीले ९ ओभरमा एक मेडन राख्दै २३ रन दिएर ३ विकेट लिँदा मोहम्मद वासिमले तीनम हारिस राउफले दुई तथा इफ्तिखार अहमेद र उसमा मिरले समान एक-एक विकेट लिए ।

जीतसँगै पाकिस्तान ७ खेलबाट ६ अंक जोड्दै तालिकाको पाचौं स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको बंगलादेश नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *