आइएमएफको बेलआउट रोक्न श्रीलङ्काद्वारा पुनः कर समायोजन

राजस्व लक्ष्य पूरा गर्न नसकेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ‘बेलआउट’ कर्जा किस्ता रोकेपछि श्रीलङ्काले वस्तु तथा सेवा कर वृद्धिको घोषणा गरेको छ ।

असफल व्यवसाय वा अर्थव्यवस्थालाई थप धराशायी हुनबाट बचाउनका लागि वित्तीय सहायता दिने कामलाई ‘बेलआउट’ हो । गत वर्ष अभूतपूर्व आर्थिक सङ्कटका बेला श्रीलङ्काले ४६ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक ऋणको किस्ता तिर्न नसकेको भन्दै कर्जा कारोबारमा ढिलाई गरेको थियो । यसको सरकारले नाटकीय रूपमा करहरू बढाएको छ र आईएमएफको उद्धार योजनाको अनुरूप आफ्नो कमजोर वित्तको मर्मत गर्न उदार उपभोक्ता छूटमा कटौती गरेको छ ।

सरकारका प्रवक्ता बन्दुला गुणवर्धनाले श्रीलङ्काको कर राजस्वले अझै पनि खर्च धान्न नसकेको र आईएमएफले ३३ करोड अमेरिकी डलरको ऋण किस्ता रोकेपछि अर्को कर वृद्धि आवश्यक भएको बताए ।

श्रीलङ्काको मूल्य अभिवृद्धि कर जनवरीदेखि १५ प्रतिशतबाट बढाएर १८ प्रतिशत पु¥याइने गुणवर्धनाले बताए । गत महिना आईएमएफले श्रीलंकासँग दुई अर्ब ९० करोड अमेरिकी डलर को ऋण योजनाको दोस्रो किस्ता वितरण गर्न सम्झौता भएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *