बाह्य शक्ति र आन्तरिक शासकका कारण नेपाल पछाडि पर्योः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्ति र आन्तरिक शासकका कारण नेपाल पछाडि परेको बताएका छन् ।

मंगलबार नेपाल कला परिषद् काठमाडौँमा कलाकार सुष्माराज भण्डारीको एकल कला प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाली वर्षाैंदेखि आफ्नो दैनिकीमै सङ्घर्ष गर्नुपरेका कारण कला, साहित्य र संस्कृतिमा ध्यान दिन नपाएको उल्लेख गर्दै शासनले पनि नेपालको कला संस्कृतिलाई दरबारमै सीमित राखेको जिकिर गरे ।

उनले अब नेपालको कला र संस्कृतिलाई आम जनताको विषय बनाउनुपर्नेमा जोड दिए । नेपाल कला साहित्य, संस्कृति र सभ्यताको सुरुवात भएको मुलुक भएको दाबी अध्यक्ष ओलीले नेपालको जस्तो सिर्जनाको उत्कृष्ट परिकल्पना, कथा, पारस्परिक सम्बन्ध र निरन्तरता कहीँ नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *