टी-२० विश्वकप छनोट : युएई र ओमानपनि सेमिफाइनलमा

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसियाली छनोटमा ओमान र युएई सेमिफाइनलमा पुगेका छन् । मंगलबार बिहान भएको समूह ‘ए’को खेलमा सिंगापुरलाई २२ रनले हराउँदै ओमानले छनोटमा दोस्रो जीत निकालेको हो ।

जीतको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५२ रनमात्र बनाउन सक्दा ओमान विजयी भएको हो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो ।

जीतसँगै ओमान दुई खेलबाट ४ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । दुवै खेलमा पराजीत सिंगापुर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यस्तै आजै भएको समूह ‘बी’को खेलमा युएईले कुवेतलाई ५ विकेटले हराएको हो । जीतको लागि ८९ रनको लक्ष्य पछ्याएको युएईले १४ दसमलब २ ओभरमा ५ विकेटको क्षतिमा ९४ रन बनाउँदै लक्ष्य भेट्टाएको हो ।

यसअघि मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको कुवेले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८८ रन बनाएको थियो ।

जीतसँगै युएईदुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंकविहिन कुवेत प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *