नेपालको दुवै ब्याट्सम्यान पभिलियनमा

काठमाडौं । आईसीसी टी-२० विश्वकप-२०२४ एसिया छनोट अन्तर्गत मलेसियाविरुद्ध जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले नेपाललाई दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको हो ।

जीतको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२ ओभरमा दुई विकेटको क्षतिमा १ सय २३ रन जोडेको छ । हाल कुशल मल्ल ४५ र रोहित पौडेल एक रन बनाउँदै क्रिजमा  छन् । यसअघि कुशल भुर्तेल ४३ र आसिफ शेख ३२ रन बनाउँदै आउट भएका थिए

यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको हो । मलेसियाको लागि ओपनर सयद अजिजले अर्धसतक बनाए । उनले ४९ बलमा ८ चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । यस्तै जुबाइदी जुल्किफ्लेले २४ तथा शर्भिन मुनिन्दी र विजय उन्नीले समान १३-१३ रन बनाए ।

नेपालको लागि अविनाश बोहोराले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक-एक विकेट लिएका छन् ।

नेपाल आज लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिएको छ । सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *