गुलसनले दिलाए नेपाललाई पाँचौ सफलता

काठमाडौं । आईसीसी टी-२० विश्वकप-२०२४ एसिया छनोट अन्तर्गत मलेसियाविरुद्ध जारी खेलमा नेपालले पाँचौ सफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा गुलसन झाले आक्रामक ब्याटिङ गरिरहेका सयद अजिजको विकेट लिँदै नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।

गुलसनले अजिजलाई ६८ रनमा आउट गरेका हुन् । उनले ४९ बल खेल्दै ८ चौका र २ छक्क प्रहार गरे । टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको मलेसियाले ताजा अवस्थामा १५ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा १ सय २५ रन जोडेको छ ।  हाल मुहमद अमिर र अनोल हाफिज सुन्य रन  बनाउँदै क्रिजमा छन् ।

नेपालको लागि अविनाश बोहोरा, सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक-एक विकेट लिएका छन् ।

नेपाल आज लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिएको छ । सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *