सन्दीपलाई पहिलो विकेट, नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी टी-२० विश्वकप-२०२४ एसिया छनोट अन्तर्गत मलेसियाविरुद्ध जारी खेलमा नेपालले तेस्रो सफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सन्दीप लामिछानेले पहिलो विकेट लिँदै टोलीलाई तेस्रो सफलता दिलाएका हुन् ।

सन्दिपले विरन्दिप सिंहलाई ४ रनमा आउट गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको मलेसियाले ताजा अवस्थामा ११ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ९० रन जोडेको छ ।  हाल सेद अजिज ४२ र शर्भिन मुनिआन्दी ५ रन बनाउँदै क्रिजमा छन् ।

नेपालको लागि अविनाश बोहोरा र सन्दीप लामिछानेले समान एक-एक विकेट लिएका छन् ।

नेपाल आज लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *