अविनाशले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । आइसीसी टी-२० विश्वकप-२०२४ एसिया छनोट अन्तर्गत मलेसियाविरुद्ध जारी खेलमा नेपालले पहिलो सफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा अविनाश बोहोराले पावरप्लेको अन्तिम ओभरमा नेपाललाई पहिलो विकेट दिलाएका हुन् ।

अविनाशले जुवाइदी जुल्किफ्लेलाई २४ बलमा आउट गरेका हुन् । उनले १६ बल खेल्दै ३ चौका प्रहार गरे । टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको मलेसियाले ताजा अवस्थामा ६ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा ६० रन जोडेको छ ।  हाल सेद अजिज २३ र फायज अहमद  २ रन बनाउँदै क्रिजमा छन् ।

नेपाल आज लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *