मलेसिया टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी टी-२० विश्वकप-२०२४ एसिया छनोट अन्तर्गत आज हुने खेलमा मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा मलेसियाका कप्तान अहमद फाइजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाल आज लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा,गुलशन झा,सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *