हमासद्वारा गाजाका महिलालाई बन्धक बनाएको भिडियो सार्वजनिक

हमासले एक भिडियो सार्वजनिक गर्दै अक्टोबर ७ मा भएको आक्रमणका क्रममा २ सय ३० भन्दा बढी व्यक्तिहरूमध्ये तीन जना महिलालाई लडाकूहरूले अपहरण गरी गाजा लगिएको बताएको छ ।

प्यालेस्टिनी इस्लामिक समूहले ७६ सेकेन्डको भिडियोमा ती महिलालाई ‘यहुदी बन्दी’ को संज्ञा दिएको छ तर उनीहरूको पहिचान तत्काल पुष्टि गर्न सम्भव छैन । सेतो टाइलको भित्तामा प्लास्टिकको कुर्सीमा बसेकी एक महिलाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सबै बन्दीहरूको रिहाईका लागि कैदी आदानप्रदानमा सहमत हुन आग्रह गरेकी छिन् ।

हिब्रु भाषामा बोल्दा तिनी साह्रै आक्रोशित भएकी देख्न सकिन्छ र अन्तमा उनी रोएकी छन् । तर तिनको दुवैतिर बसिरहेका अरू दुई जना चुपचाप बसेका देख्न सकिन्छ । हमासका सयौं बन्दुकधारीले सीमा पार गरी दक्षिणी इजरायलमा प्रवेश गरी किबुट्ज समुदाय, शहर र सैन्य अखडामा आक्रमण गरेपछि बन्धक बनाइएका थिए ।

हमासले घेराबन्दी गरेको क्षेत्रमा निर्माण गरेको भूमिगत सुरुङको विशाल सञ्जालमा उनीहरूलाई राखिएको अधिकारीहरूले विश्वास गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *