बङ्गलादेशमा डेङ्गु संक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु

बङ्गलादेशमा एक हजार ७ सय ८ नयाँ डेङ्गुका बिरामी थपिएका छन् भने थप आठ जनाको मृत्यु भएको छ ।एकवर्षमा एक हजार ३ सय ४१ जनाको मृत्यु भएको र कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार ३ सय ८८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा अक्टोबरमा ३ सय ५२, सेप्टेम्बरमा ३ सय ९६, अगस्टमा ३ सय ४२ र जुलाईमा २ सय ४ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ ।

दक्षिण एसियाली मुलुकमा डेङ्गु सङ्क्रमणपछि निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ५ सय ८४ पुगेको छ, जसमध्ये सोमबार थप दुई हजार ४० जना निको भई अस्पतालबाट घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *