काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटमा आज नेपाल र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १:३० बजे शुरु हुनेछ ।
आज हुने खेलमा नेपाल लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजीत गरेको थियो । यता मलेसिया भने सोमबारनै भएको खेलमा ओमानसँग ३२ रनले पराजीत भएको थियो ।
हाल नेपाल दुई अंकको साथ समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ ।
आजै हुने अन्य छनोटका अन्य खेलहरु
समूह-‘ए’ ओमान विरुद्ध सिंगापुर (बिहान ९ बजे, टियु क्रिकेट मैदान)
समूह-‘बी’ बहराइन विरुद्ध हङकङ ( बिहान ९ बजे, मुलपानी क्रिकेट मैदान)
समूह-‘बी’ कुवेत विरुद्ध युएई (दिउँसो १:३० बजे, मुलपानी क्रिकेट मैदान)