काठमाडौं । हिमाल आरोही निर्मल पुर्जाले सगरमाथा क्षेत्रबाट स्काइ डाइभ गरेका छन् । पर्यटन र अर्थतन्त्रको बढावा तथा स्काइ डाइभको सम्भावना पुष्टिका लागि भन्दै पुर्जाले डाइभ गरेका हुन् ।
पुर्जाले २३ हजार फिटबाट डाइभ गरेको बताएका छन् । उनले आगामी वसन्त र शरद ऋतुमा पनि स्काइ डाइभ गर्ने बताएका छन् । उनले स्काइ डाइभले पर्यटनसँगै रोजगारीको अवसर समेत बढाउने अपेक्षा गरेको बताएका छन् ।