बारामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको उपचारका क्रममा मृत्यु

बारा । बारामा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका विद्यालयका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको मृत्यु भएको छ। उपचारका क्रममा वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा हस्पिटलमा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

सराफ बाराको कलैया उपमहानगरपालिका – ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक एवं सञ्चालक हुन् । सोमबार दिउँसो करिब एक बजेतिर प्रधानाध्यापक सराफमाथि गोली प्रहार भएको थियो।

दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सर्राफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको छाती र पेटमा दुईवटा गोली लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *