काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत सिंगापुरविरुद्ध जारी खेलमा नेपालले चौथोसफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले पावरप्ले लगत्तै लगातार तीन विकेट गुमाएको हो ।
गुलसनले एकै ओभरमा दुई विकेट लिएका हुन् । सिंगापुरका सुरेन्द्रन चन्द्रमोहन ६, रोहन रांगारजन ४६ रन र अमार्त्या काउल डक आउट भएका हुन् । रोहणले २९ बलमा ९ चौका र एक छक्का प्रहार गरेका थिए । ताजा अवस्थामा सिंगापुरले ८ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा ५४ रन जोडेको छ । हाल मन्प्रित सिंह एक र जनक प्रकाश सुन्य रन बनाउँदै क्रिजमा छन् ।
नेपालको लागि गुलसन झाले दुई विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान एक-एक विकेट लिएका छन् ।
नेपालको प्लेइङ ११ – कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा