एजेन्सी । युवा फरवार्ड इर्लिंङ ब्राउट हालान्ड चम्केपछि इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी विजयी भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड सिटीसँग ३-० गोलले पराजीत भएको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटीलाई जीत दिलाउन हालान्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल गरे । खेलको २६ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा सिल्भाको क्रसमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए ।
यस्तै ८० औं मिनेटमा हालान्डको पासमा फोडेनले गोल गर्दै सिटीलाई ३-० गोलको जीत दिलाएका हुन् । जीतसँगै सिटी १० खेलबाट २४ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट १५ अब्ज जोडेको युनाइटेड आठौँ स्थानमा रहेको छ ।