एनकेतिहाको ह्याट्रिकमा आर्सनलको फराकिलो जीत

एजेन्सी । एडवार्ड एनकेतिहाले ह्याट्रिक पूरा गरेपछि इंग्लिस प्रिमियर लिगमा आर्सनलले फराकिलो जीत निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई ५-० गोलले पराजीत गरेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जीत दिलाउन एनकेतिहाले ह्याट्रिक पूरा गर्दा फाबियो भिएरा र टाकेहिरो तोमियासुले समान एक-एक गोल गरे । खेलको २८ औं मिनेटमा राइसको पासमा एनकेतिहाले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा एनकेतिहाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ५८ औं मिनेटमा एनकेतिहाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा आर्सनल फराकिलो जीततर्फ अगाडि बढेको थियो । ८८ औं मिनेटमा भिएराले पेनाल्टीमा गोल गर्दै आर्सनललाई ४-० गोलको अग्रता दिलाएका थिए । इन्जुरी समयको छैटौं मिनेटमा टोमियासुले गोल थप्दै आर्सनललाई ५-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै १० खेलबाट २४ अंक जोडेको आर्सनल लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको शेफिल्ड पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *