प्रिमियर लिगमा चेल्सीको खराब लय जारी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सी पराजीत भएको छ । शनिबार बेलुकी भएको खेलमा ब्रेन्टफोर्डसँग २-० गोलले पराजीत भएसँगै चेल्सीले लिगमा चौथो हार बेहोरेको हो ।

स्ट्रामफोर्ड ब्रिजमा भएको खेलमा ब्रेन्टफोर्डलाई जीत दिलाउन इथान पिन्नोक र ब्रायन एम्बयूमोले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा एम्बयूमोको क्रसमा पिन्नोकले हेडर गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै इन्जुरी समयको छैटौं मिनेटमा माउपेको पासमा एम्बयूमोले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै ब्रेन्टफोर्ड १० खेलबाट १३ अंक जोड्दै लिगको दसौं स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंक जोडेको चेल्सी ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *