तस्बिरमा नेपाली कांग्रेसको चियापान कार्यक्रम

काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिभादन गरिरहेका छन् । चियापानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेललगायतका एमाले नेताहरु सहभागी भएका छन् । चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ ।

कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *