पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमान्चक जीत

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले रोमान्चक जीत निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानमाथि एक विकेटको रोमान्चक जीत निकालेको हो ।

जीतको लागि २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । दक्षिण अफ्रिकाको लागि एडिम मार्क्रमले सर्वाधिक ९१ रन बनाए । उनले ९३ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ९१ रन बनाएका हुन् । यस्तै कप्तान डेभिड मिल्लरले २९, टेम्बा बाभुमाले २८, क्विन्टिन डी ककले २४, रासी भान डेर डुसेनले २१, मारको जेन्सनले २०, हेन्रिच क्लासेनले १२ र जेराल्ड कोट्जेले १० रन जोडे ।

पाकिस्तानको लागि शाहिन शाह अफ्रिदीले तीन विकेट लिँदा हारिस राउफ, मोहम्मद वासिम र उसमा मिरले समान दुई-दुई विकेट लिए ।

यसअघि चेन्नईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पाकिस्तान ४६.४ ओभरमा अलआउट हुँदै २ सय ७० रनमा समेटिएको थियो । पाकिस्तानको लागि साउद शकेलले सर्वाधिक ५२ रन बनाउँदा कप्तान बबार अजामले ५०, शदाब खानले ४३, मोहम्मद रिजवानले ३१, मोहम्मद नावाजले २४, इफ्तिखर अहमदले २१ र इमान उल हाकले १२ रन बनाए ।

दक्षिण अफ्रिकाको लागि ताब्रिज शम्सीले चार, मारको जेन्सनले ३, जेराल्ड कोट्जेले दुई र लुंगी एनगिदीले एक विकेट लिए ।

जीतसँगै दक्षिण अफ्रिका ६ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक जोडेको पाकिस्तान छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *