काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत जारी फाइनल खेलमा युएईविरुद्ध घरेलु टोली नेपाल खेलमा फर्किने क्रममा रहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा युएईको चौथो विकेट गएसँगै नेपालले खेलमा पकड जमाउने मौका पाएको छ ।
युएईको चौथो विकेटको रुपमा अविनाश बोहोराले आलिशान शराफुलाई शिकार बनाएका हुन् । शराफु १३ बलमा २ चौकाको मद्दतमा १३ रन बनाउँदै कुशल भुर्तेलबाट क्याचआउट भएका हुन् । जीतको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले ताजा अवस्थामा १५ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १२२ रन जोडेको छ । हाल भ्रित्या अर्भिन्द २१ बासील हामेद एक रन बनाउँदै क्रिजमा छन् ।
नेपालको लागि गुलसन झाले दुई विकेट लिँदा कुशल मल्ल र अविनाश बोहोराले समान एक-एक विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको हो । नेपालको लागि कुशल मल्लले अर्धसतक बनाए । उनले २९ बलमा ६ चौका र ३ चौका प्रहार गरे । यस्तै करण केसीले २३, दीपेन्द्र सिंह एरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
युएईको लागि आयन अफजल खानले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । यस्तै अलि नासिर र जाहोर खानले समान दुई-दुई विकेट लिँदा जुनाइद सिद्दिकीले एक विकेट लिए ।