फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय फूटबल टोलीले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १ सय ७३ औं स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल १ सय ७५ औं स्थानमा रहेको थियो । नेपालले अक्टोबरको फिफा विन्डोमा विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओससँग खेलेको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा १-१ गोलको बराबरीमा रोकिएको नेपालले दोस्रो लेगमा १-० गोलको जीत निकाल्दै समाग्रमा २-१ गोलको नतिजा निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना यथावत रहेको छ भने दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *