अमेरिकामा बन्दुकधारीद्वारा गोली हानी १६ जनाको हत्या

एक बन्दुकधारीले अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा गोली हानी १६ जनाको हत्या गरेको छ । यस घटनामा अन्य ५० जना घाइते भएका छन् । बसोबासको हिसाबले मेन राज्यको दोस्रो ठूलो सहरमा भएको यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

बीबीसीका अनुसार प्रहरीले बन्दुकधारी पक्राउ नपरेसम्म घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ । एन्ड्रोस्कोगिन काउन्टी शेरिफको कार्यालयले संदिग्ध व्यक्तिका दुई तस्बिर सार्वजनिक गर्दै पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *