मिलानमाथि पीएसजीको शानदार जीत

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मनले शानदार जीत हात पारेको छ । बुधबार राति भएको खेलमा मिलानलाई ३-० गोलले हराउँदै पीएसजीले प्रतियोगितामा दोस्रो जीत निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन किलियन एम्बाप्पे, रान्डल कोलो मुआनी र कांग इन लीले समान एक-एक गोल गरे । खेलको ३२ औं मिनेटमा इम्रीको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा डेम्बेलेको पासमा मुआनीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

८९ औं मिनेटमा इमेरीको पासमा लिले गोल गर्दै पीएसजीलाई ३-० गोलको जीत दिलाएका हुन् । जीतसँगै पीएसजी ३ खेलबाट ६ अंक जोड्दै समूह ‘एफ’को शिर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको मिलान पुछारमा छ ।

यस्तै गएराति भएको समूहको अर्को खेलमा डर्टमण्डले न्युक्यासल युनाइटेडलाई १-० गोलले हराएको हो । सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासललाई जीत दिलाउन फेलिक्स एन्मेचाले निर्णायक गोल गरे ।

जीतसँगै डर्टमण्ड ३ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिदा समान खेलबाट समान ४ अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *