गाजामा इजरायली हवाई आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ६५ सय नाघ्यो

गाजा । गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *