श्री शाके १९४५ बि स २०८० कार्तिक ९ गते बिहिबार इश्वी सन २०२३ अक्टोवर २६ तारीख आश्विनशूक्ल दुर्गा पक्ष द्वादशी तिथी पूर्वभाद्रपदा नक्षत्र ध्रुव योग काैलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा मुद्गर योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋृतु प्रदोषव्रत, खाँची सरायपर्व – ज्यो.प. सरोज घिमिरे
मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भईन सकिनेछ । दाम्पतिबीच सामान्य कलह रहने सम्भावना रहन सक्छ । अन्य व्यक्तिको पूर्ण विश्वास नगर्नु होला । आर्थिक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेको छ ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहनेछ । परिवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जीवन साथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।
मिथुन राशि- का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फसिने सम्भावना रहेको छ । व्यापार व्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरैकै वेश हुनेछ । आफन्तजनबीचको भेटघाटले मन प्रशन्न रहला ।
कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायका निम्ती उत्तम समय रहेको छ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाईको सम्भावना रहेको छ । दाजुभाई तथा मित्रजनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भावना रहेको छ । प्रतिपक्षीहरू सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरू सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रू सबल रहनाले कुराकाट्ने व्यक्तिहरुको वृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नु पर्ला ।
कन्या राशि- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्यन अध्यापनका निम्ती अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेको छ । वौद्धिक व्यक्तिवहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेको छ । नयाँ लगानिमा उत्तम समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ ।
तुला राशि- र, रि, रू, रे, रो, ता, ति, तु, ते
भौतिक श्रोतसाधनका प्रयोगमा समय व्यतित रहला । कार्यक्षेत्रको कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।
वृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधिक आत्मविश्वास घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । अरूको कार्यक्षेत्रमा भएको त्?टिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भावना रहेको छ । मान्यजनको सहयोगमा गरिएका कार्यले दिगो फाईदा दिलाउनेछ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अपरीचित व्यक्त्तिहरुको विश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरूको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
नजीकका व्यक्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भावना रहेको छ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरूको कुरामा विशेष ध्यान नदिनु होला ।
मिन राशि- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजनसगँको भेटघाटले मन हर्षित रहला । विद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा वृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । वौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा वृद्धि गर्नेछ ।