म्याक्सवेलको कीर्तिमानी सतकमा अष्ट्रेलियाद्वारा नेदरल्यान्ड्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । ग्लेन म्याक्सवेलले कीर्तिमानी सतक पूरा गर्दा एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । दिल्लीमा जारी खेलमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई जीतको लागि ४ सय रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको हो । अष्ट्रेलियाको लागि डेभिड वार्नर र ग्लेन म्याक्सवेलले सतक बनाउँदा स्टिभ स्मिथ र मार्नुस लाबुसेनले अर्धसतक बनाए । म्याक्स्वेलले ४० बलमा सतक पूरा गर्दै विश्वकपको इतिहासमा सबैभन्दा छिटो सतक पूरा गर्ने खेलाडी बनेका हुन् । म्याक्स्वेलले ४४ बल खेल्दै ९ चौका र ८ छक्काको मद्दतमा १ सय ६ रन बनाउँदा वार्नरले १ सय ४ रन बनाएका हुन् । उनले ९३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै स्मिथले ७१, लाबुसेनले ६२, जोश इंग्लिसले १४ र प्याट कमिंसले १२ रनको योगदान गरे ।

नेदरल्यान्ड्सको लागि  लोगान भान बिकले १० ओभरमा ७४ रन दिएर ४ विकेट लिँदा बास डे लिडले दुई र आर्यन दत्तले एक विकेट लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *