रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री युक्रेनी सेनाले नियन्त्रणमा(भिडियोसहित)

काठमाडौं । रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले सामाजिक संजालमा भिडियो शेयर गर्दै खत्रीलाई युक्रेनी सेनालाई नियन्त्रणमा लिएको जानकारी गराएका हुन् । उनले रूसी रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गरेर सेवा सुरु गरेका हुन् ।

पैसाका लागि मात्रै युक्रेनीहरूलाई मार्न युद्धमा गएको खत्रीले स्वीकार गरेका छन् । ‘म एक सफल व्यक्तिको रूपमा मेरी आमासँग फर्कन चाहन्थे,’ उनले भने । उनले आफ्नो पारिवारिक अवस्था कमजोर भएकाले रुसी सेनामा भर्ना भएको बताएका छन् । उनले रुसी राष्ट्रपतिलाई हिटलरको संज्ञा दिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *