उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार बिहान ११ः३० बजे उपप्रधानमन्त्री श्रेष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

१७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)मा सहभागी हुन चीन गएका श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।

पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा भएको आकस्मिक शल्यक्रिया र पाँच दिनसम्मको उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेको छ । तर चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *