दोस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।

विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो मान्यजनकहाँ जान नपाएकाहरु आज पनि टीका थाप्न हिँडेका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताए । केही दिन सुनसान रहेको राजधानी शहरमा आजदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *