गाजा द्वन्द्व शुरु भएदेखि राष्ट्रसंघका २९ जना कर्मचारीको मृत्यु

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देीखका हिंसामा उनीहरू मारिएको बताइएको छ ।

‘हामी स्तब्ध छौं , शोकमा छौ । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ ‘ राष्ट्रसंघ एजेन्सीले जनाएको छ । यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ । यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन् ।

यसैबीच, इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ । टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *