युएईविरुद्ध आसिफको अर्धसतक पूरा

काठमाडौं । युवा ओपनर आसिफ शेखले त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत युएईविरुद्ध जारी खेलमा अर्धसतक पूरा गरेका छन् । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा आसिफले युएईविरुद्ध व्यक्तिगत तेस्रो अर्धसतक पूरा गरेका हुन् ।

आसिफले ४४ बलमा अर्धसतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ चौका र एक छक्का प्रहार गरे । ताजा अवस्थामा नेपालले १५ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १ सय ८ रन जोडेको छ । हाल आसिफ शेख ६१ र रोहित पौडेल ३२ रन बनाउँदै क्रिजमा छन् । यसअघि सोमपाल कमी २ र कुशल मल्ल एक रनमा आउट हुँदा कुशल मल्ल खाता खोल्न नसकी पभिलियन फर्किए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो । युएईको लागि बासील हामेद र भ्रित्या अर्भिन्दले समान ४५-४५ रन बनाउँदा आसिफ खानले १८ र खालिद शाहले १२ रन बनाए ।

नेपालको लागि अविनाश बोहोरा र सोमपाल कामीले समान दुई-दुई विकेट लिँदा करण केसी र गुलसन झाले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *