नेपालको खराब शुरुवात, पहिलो ३ ओभरमै ३ विकेट पतन

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले खराब शुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पहिलो  तीन ओभरमै तीन विकेट गुमाएको हो ।

ताजा अवस्थामा नेपालले ३ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १७ रन जोडेको हो । हाल आसिफ शेख ७ र रोहित पौडेल एक रन बनाउँदै क्रिजमा छन् । यसअघि सोमपाल कमी २ र कुशल मल्ल एक रनमा आउट हुँदा कुशल मल्ल खाता खोल्न नसकी पभिलियन फर्किए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो । युएईको लागि बासील हामेद र भ्रित्या अर्भिन्दले समान ४५-४५ रन बनाउँदा आसिफ खानले १८ र खालिद शाहले १२ रन बनाए ।

नेपालको लागि अविनाश बोहोरा र सोमपाल कामीले समान दुई-दुई विकेट लिँदा करण केसी र गुलसन झाले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *