हामी लोकतन्त्रको लागि लड्दै गर्दा प्रजातान्त्रिक मूलुकमा ऐसको जीवन बाँचेका भगौडाहरू आएर ठूला कुरा गर्नथालेः नेतृ झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले यसवर्ष दसैंमा राष्ट्रपतिको हातबाट टीका लगााउने भएकी छन् । सोमबार सामाजिक संजालमार्फत झाँक्रीले विगतमा प्रधानमन्त्री, मन्त्री तथा नेतृत्वगणसँग टीका नलगाएको तर यसवर्ष भने राष्ट्रपतिको हातबाट टीका लगाउन सोच बनाएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘हामी त दसैंमा घर जाने भएकोले आफ्नो बुबाआमा र मान्यजनको हातबाट टीका लगाइन्थ्यो । काठमाडौमा त पूर्णिमासम्म सबैतिर टीका लगाउने चलन रहेछ । म प्रधानमन्त्री, मन्त्रीहरू, दलका नेतृत्वगणसँग टीका लगाउन खासै गईन । तर यसपटक म सम्माननीय राष्ट्रपतिज्यूको हातबाट टीका लगाउने सोंच बनाएँ।’

त्यस्तै उनले गैरआवासीय नेपालीप्रति पनि कटाक्ष गरेकी छन् । उनले भनेकी छन्, हामी लोकतन्त्रको लागि लड्दै गर्दा प्रजातान्त्रिक मूलुकमा ऐसको जीवन बाँचेका भगौडाहरू आएर ठूला कुरा गर्नथाले बा ।’

गैरआवासीय नेपाली संघको सम्मेलनमा नेपालका राजनीतिक दलले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार नदिएको भन्दै आलोचना भएपछि नेतृ झाँक्रीले उनीहरुको झाको झारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *