युक्रेन मेल डिपोमा रुसी हमलामा ६ जनाको मृत्यु

 

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राख्नुभएको भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ ।

“अतिक्रमणकारीहरूको आक्रमणबाट सबै छ जनाको मृत्यु र १४ जना घाइते भएका छन्, उनीहरू सबै नोभा पोश्ता टर्मिनलभित्र थिए”, खार्किभ क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले भने, “मारिने र घाइतहरूको उमेर १९ देखि ४२ वर्षबीचका रहेका छन् उनीहरूलाई छर्रा र विस्फोटबाट चोट लागेको थियो ।”

घाइतेको अस्पतालमा उपचार भइरहेको छ । गभर्नर सिनेगुबोभका अनुसार  सात जनाको अवस्था गम्भीर छ । “चिकित्सकहरू उनीहरूलाई बचाउन प्रयास गरिरहेका छन्”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *